खासखुस खासखुस सल्लाह थियो रे! बजारमा हल्ला पनि थियो रे! मालिकले नयाँ नोकर फेरेको हो रे! फेरी उहीँ कथा दोहारिन्छ रे!
साभारित स्याउको कथा :- एकजना राजा थिए । उनले एउटा सर्वे गराउने विचार गरेछन् कि उनको राज्यमा कति जनाको घर गृहस्थीमा श्रीमानको हुकुम चल्छ अनि कतिको घरमा श्रीमतीको हुकुम चल्छ । उनले पुरस्कारको घोषणा पनि गरेछन् " जसको घरमा पतिको हुकुम चल्छ उसले मनपर्ने घोडा इनाम पाउनेछ र जसको घरमा पत्नीको हुकुम चल्छ, उसले इनाममा स्याउ पाउनेछ ।" एक एक गर्दै सबै नगरवासीहरुले स्याउ उठाउँदै जान थाले । राजालाई चिन्ता भयो "के मेरो राज्यमा सबै घरमा पत्नीको मात्र हुकुम चल्छ त?" त्यही समयमा एकजना लामालामा जुङ्गा पालेको, मोटोघाटो मान्छे आयो र भन्यो " महाराज मेरो घरमा मेरो मात्रै हुकुम चल्छ , त्यसैले घोडा मलाई दिनुस् ।" राजा खुशी भए । कमसेकम एउटा व्यक्ति त मिल्यो जसको घरमा पतिको हुकुम चल्छ । उसलाई उसले रोजेको कालो घोडा दिएर पठाए । त्यो व्यक्ति घोडा लिएर घर गयो तर एकछिन पछि घोडा लिएर दरबारमा फर्केर आयो । राजा: "किन फर्केर आयौ ?" जवान व्यक्ति : " महाराज, मेरी श्रीमती भन्छिन् कि कालो रङ्ग अशुभ हुन्छ, सेतो रंग शान्तिको प्रतीक हुन्छ । उनले मलाई सेतो रंगको घोडा लिएर आउनू...